तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश प्रमुख र प्रधानसेनापति शर्माबिच भेटवार्ता

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबिच भेटवार्ता भएको छ ।

प्रदेश प्रमुखको कार्यालय हेटौँडामा उहाँहरूबिच भेटवार्ता भएको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईले जानकारी दिनुभयो ।

करिब आधा घण्टा भएको शिष्टाचार भेटवार्तामा प्रदेश प्रमुख कार्यालय तथा नेपाली सेनाका भइरहेका कार्यबारे जानकारी आदान प्रदान भएको उहाँले जानकारी दिनुभयो ।

भेटमा आगामी दिनमा एकापसमा सहयोग, समन्वय सहजीकरणका साथ अगाडी बढ्नेबारे कुराकानी भएको प्रेस संयोजक चौलागाईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button