तपाईँ सुन्दै हुनुहुन्छः

बडिगाडमा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु, २ जना घाइते

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ७, गोठानमा सुख्खा पहिरोले पुरिएर एक जनाको ज्यान गएको छ। मोटरवाटो खनिरहेको स्थानमा अनुगमनको क्रममा पुगेका मोटरवाटो उपभोक्ता समितिका पूर्व अध्यक्ष समेत रहेका ६० वर्षीय गोपिराम वि.क.को घटनास्थलमै मृत्यु भएको हो। 

त्यस्तै पहिरोमा परेर गोठान मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष वर्ष ३४ का दुर्गा वि.क. र उनका भाई ३८ वर्षका डिल बहादुर विक घाइते भएको वडा अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभएको छ। 

बडिगाड गाउँपालिकाको वडा नं. ७ इदिखोला देखि गोठान जोड्ने करिब ७ किलोमिटर उक्त सडक खण्डमा सडक खन्ने काम भइरहेको थियो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button