तपाईँ सुन्दै हुनुहुन्छः

सेवाग्राहीप्रति उत्तरदायी भएर काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न नापी विभागलाई निर्देशन दिनुभएको छ । 

नापी विभागको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री श्रेष्ठले नापी विभाग प्रत्यक्ष रुपमा जनतासँग जोडिएको संस्था भएकाले समयानुकूल प्रविधिको प्रयोग, प्रभावकारी र जनमुखी सेवा प्रवाहमा नापी विभागले विशेष ध्यान दिँदै जनताले अनुभूति गर्ने गरी काम गर्नु पर्नेमा जोड दिनुभयो । 

मन्त्री श्रेष्ठले २०७२ को विनाशकारी भूकम्पका कारण सिफ्ट भएका नियन्त्रण विन्दुहरूलाई प्रतिस्थापन गर्ने गरी आधुनिक प्रविधिको प्रयोग गरेर नियन्त्रण विन्दुहरू स्थापना गरी परिशुद्ध नाप नक्सा गर्नको लागि विभागले काम गर्नुपर्ने र त्यसमा आवश्यक सहयोगका लागि मन्त्रालय सदैव तयार रहेको पनि बताउनुभयो । 

राष्ट्रिय भूमि आयोगको काम सरकारको राष्ट्रिय प्राथमिकतामा परेको काम भएकाले त्यस कामलाई प्राथमिकतामा राखेर समयमा नै सम्पन्न गर्न विशेष भूमिका खेल्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गर्नुभयो । 

छोटो समयमा कर्मचारीको सरुवा हुने प्रवृत्तिले सेवा प्रवाहमा समस्या उत्पन्न भइरहेको भन्दै कर्मचारी सरुवालाई चक्रीय प्रणालीमा लैजानुपर्ने र त्यसको सुरुवात गर्न समेत मन्त्री श्रेष्ठले नापी विभागलाई आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button