तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा उत्रिएका प्रदर्शनकारीका कारण काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

बिहानैदेखि विरोध प्रदर्शन गरिहरेका प्रदर्शनकारीहरू आजको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल भएपछि थप आन्दोलित बनेका छन् ।

यतिबेला बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल समेत भएको छ । 

प्रदर्शनलाई मत्थर बनाउन प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस प्रयोग गरिरहेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button