तपाईँ सुन्दै हुनुहुन्छः

बोलेरो गाडीको ठक्करबाट रोल्पामा एक जनाको मृत्यु

रोल्पा  । बोलेरो गाडीको ठक्करबाट रोल्पामा एक जनाको मृत्यु भएको छ । 

रोल्पाको सुनिल स्मृति गाउँपालिका वडा नंम्वर ४ सुलिचौर बजारमा बिहान करिब १० बजे पैदल हिँडिरहेका सुनिल स्मृति गाउँपालिका वडा नम्बर २ निवासी ७७ वर्षीय लालबहादुर भुषाललाई लु२च ६८८६ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका भुषाललाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको उनको उपचारको क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने गाडी र चालक सुनछहरी गाउँपालिका वडा नंम्वर २ निवासी १९ वर्षीय लालबहादुर बुढालाई इलाका प्रहरी कार्यालय सुलिचौरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button