अछामका ७२ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोट
अछाम । अछाम जिल्लामा ७२ वटा सामुदायिक विद्यालयहरू राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोटमा परेका छन् ।
विद्यालयको प्रस्तावना तथा स्थानीय तहले सिफारिस गरेका विद्यालयको विवरण शिक्षा विकास तथा समन्वय इकाई अछामले शिक्षा विभागमा पठाएको थियो ।
जिल्लाका करिब ४ सय बढी विद्यालयको प्रस्ताव शिक्षा विभागमा पठाइएको भए पनि ७२ वटा विद्यालय मात्र छनोटमा पर्न सफल भएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत अछाम क्षेत्रमा नम्बर २ का ३२ वटा विद्यालय छनोटमा परेका छन् भने क्षेत्र नम्बर १ मा ४० विद्यालय छनोटमा परेका छन् ।
जस अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा ६ वटा विद्यालय, तुर्माखाँद गाउँपालिकामा ७ वटा विद्यालय, मङ्गलसेन नगरपालिकामा ५ वटा विद्यालय, कमलबजार नगरपालिकामा ९ वटा विद्यालय र ढकारी गाउँपालिकामा ५ वटा विद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लक्ष्मण गिरीले जानकारी दिनुभयो ।
यसै गरी क्षेत्रमा नम्बर १ मा ४० वटा विद्यालय छनोटमा पर्न सफल भएका छन् । जस अनुसार जिल्लाको चौरपाटी गाउँपालिकामा ५वटा विद्यालय, साँफेबगर नगरपालिकामा १० वटा विद्यालय, रामारोशन गाउँपालिकामा १५ वटा, विद्यालय मेल्लेख गाउँपालिकामा ६ वटा विद्यालय र बान्नीगढी जयगढ गाउँपालिकामा ४ वटा विद्यालय छनौटमा परेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र द्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका ४ हजार १५७ सामुदायिक विद्यालयहरू छनोटमा परेका छन् । २ कोठे तथा ४ कोठे विद्यालय भवन तथा सूचना प्रविधि जडानका लागि उपकरणमा सहयोग गर्ने गरी छनोटमा पारिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्