राससकर्मी पाण्डेलाई पुरस्कार

बुटवल । अलायन्स क्लब अफ सैनामैना’ रुपन्देहीले राष्ट्रिय समाचार समितिक (रासस) का समाचारदाता युवराज पाण्डेलाई पुरष्कृत गर्ने भएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा वर्षेनी एक पत्रकारलाई पुरस्कृत गर्ने परम्पराको थालनी गरेको क्लबले यस वर्ष उहाँलाई नगद र सम्मानपत्रसहित पुरस्कृत गर्न लागेको हो । क्लवका अध्यक्ष दीपक काफ्लेले पत्रकार पाण्डले पत्रकारिता क्षेत्रमा लामो समयदेखि गरेको योगदानको कदर गर्दै पुरस्कार दिने घोषणा गरिएको जानकारी दिनुभयो । उहाँले क्लवको पद हस्तान्तरण कार्यक्रममा सो पुरष्कार प्रदान गरिने बताउनुभयो ।
यसअघि सैनामैनाका अग्रज पत्रकार छवि पाण्डे पुरस्कृत भइसक्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्