तपाईँ सुन्दै हुनुहुन्छः

सुरु भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान 

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परिक्षण उडान सुरुवात भएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान पहिलो पटक थाइल्याण्डको एरोथाइ बाट क्लाब्रेशन उडानको सुरुवात भएको हो ।  

भौतिक निर्माण र उपकरण जडानको काम सम्पन्न भई ती उपकरण ठिक छन् कि छैनन् भनेर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ग्राउन्ड टेस्ट सम्पन्न भई फ्लाइट टेस्टको काम सुरुवात भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उप निर्देशक प्रवीण न्यौपानेले बताउनुभयो । 

विमानस्थलको उपकरण जडान लगायत सबै भौतिक पूर्वाधारका काम सम्पन्न भएका कारण एरोथाइबाट क्यालिब्रेशन फ्लाइट (परिक्षण उडान) सुरुवात भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दहालले बताउनुभयो । 

भौतिक संरचना निर्माण र उपकरण जडानका सम्पूर्ण काम सकिएका कारण क्यालिब्रेशन फ्लाइट ७ दिन देखि १० दिनसम्म सकिएपछि विभिन्न मापदण्ड पुरा गरेर विमानस्थललाई अन्तर्राष्ट्रिय उडान योग्य हुने गरेर अगाडि बढेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button