क्यानाडाली प्रहरीको ओटावामा प्रदर्शनकारीहरू विरुद्ध ‘आकस्मिक’ कारबाही गर्ने योजना
ओटावा। क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध “आकस्मिक” कारबाही गर्ने तयारी गरिरहेका छन् ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड-१९ विरुद्धका नियन्त्रणात्मक र प्रतिबन्धात्मक आदेशहरूको खारेजीको माग गरिरहेका छन् ।
“हामीले हाम्रा स्रोतहरू बलियो बनाउँदैछौं, स्पष्ट योजनाहरू विकास गर्दैछौं र कारबाही गर्ने तयारी गरिरहेका छौं,” बेलले बिहीबार पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । ओटावा पुलिस सेवा (OPS) लाई देशको संघीय पुलिस बल, रोयल क्यानेडियन माउन्टेड पुलिस (RCMP), ओन्टारियो प्रान्तीय पुलिस (OPP) र ओन्टारियो र क्युबेकका अन्य कानून प्रवर्तन एजेन्सीहरूले सहयोग रहने, बेलले जनाएका छन् ।एएनआई







प्रतिक्रिया राख्नुहोस्