तपाईँ सुन्दै हुनुहुन्छः

गठबन्धन बैठक अघि खुमलटारमा प्रचण्डले बोलाए छुट्टै बैठक

काठमाडौं । सत्ता गठबन्धनका तीन दलका नेताहरूले छुट्टै छलफल गरेका छन् । नेपाली कांग्रेसले एमसीसी टेबल गर्ने तयारी गरेपछि माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सत्ता गठबन्धनका तीनदलका शीर्ष नेताहरूले छुट्टै छलफल गरेका हुन् ।

खुमलटारमा भएको छलफलमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल र जसपाका उपेन्द्र यादवबीच र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।

केही बेरमा सत्ता गठबन्धनको बैठक बस्दैछ । उक्त बैठक बस्नुअघि एमसीसी विपक्षमा रहेका दलहरूको बैठक बसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button