तपाईँ सुन्दै हुनुहुन्छः

आज संसद बैठक बस्दै

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको दशौँ अधिवेशनको पाँचौँ बैठक आज बस्न लागेको हो । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व.२०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button