सत्तारुढ गठबन्धनको बैठक पुन भोलि बिहान १०ः०० बजे बस्ने

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक पुन भोलि बिहान १०ः०० बजे बस्ने गरी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका सुरु भएको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), संसद् सुचारु गर्ने र समसामयिक राजनीतिक विषयमा छलफल भएको र पुन भोलि बिहान १०ः०० बजे बैठक बस्ने गरी बैठक सकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेताहरू बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, कृष्ण सिटौला, गगन थापा, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्