तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठक जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद्मा शुक्रवार टेबल गर्ने भनिएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल केन्द्रित रहेको रेडियो नेपालका संवाददाता केशव ढुङ्गानाले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका केन्द्रिय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई  लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button