इनारमा खसेर उत्तरी भारतमा १४ जनाको मृत्यु
नयाँ दिल्ली । उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ ।
उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले पत्रकारहरूलाई भने, पीडितहरू बुधवार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।
जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरूको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताउनुभएको छ ।
गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताउनुभएको छ । स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उहाँले ट्विटमार्फत बताउनु भएको छ ।
भारतीय विवाहहरू प्रायः ठूलो सङ्ख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ ।
सन् २०१७ मा उत्तर पश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भइरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो । रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्