तपाईँ सुन्दै हुनुहुन्छः

सुवेदी सहित आठ पत्रकार पुरस्कृत  

सिन्धुपाल्चोक । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशनको अवसरमा नौ  जना पत्रकार पुरस्कृत  भएका छन् भने एक पत्रकारलाई सम्मान गरिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले उहाँहरूलाई सम्मान र पुरस्कार वितरण गर्नुभयो ।

चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरिएको  छ । १० हजार १ सय ११ राशिको यो पुरस्कार पहिलो वर्ष दोलखाका पत्रकार राजेन्द्र मानन्धरलाई पुरस्कृत गरिएको थियो । त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिएको चौतारीका संयोजक विदुर आचार्यले जानकारी दिनुभयो ।

त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिएको छ  । उक्त पुरस्कारको राशि ५ हजार रहेको छ ।

चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाइले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरू ध्रुव दंगाल, रामकृष्ण थापा, नेत्रप्रसाद पौडेल, शर्मिला ठकुरी, निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक दिनेश थापाले जानकारी दिनुभयो । अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button