तपाईँ सुन्दै हुनुहुन्छः

बेवारिसे अवस्थामा रहनुभएकी असक्त महिलाको उद्धार

गोरखा । बेवारिसे अवस्थामा रहेकी एक असक्त महिलालाई मानव सेवा आश्रम गोरखा शाखाले उद्धार गरेको छ । 

आफ्नो नाम गीता चौधरी बताउने अन्दाजी ३६ वर्षीय ती महिलालाई गोरखा नगरपालिका वडा नम्बर ८ कट्टेल डाँडाबाट उद्धार गरी आश्रमको नजिकैको शाखा कार्यालय चितवनमा पठाएको हो ।एउटा आँखा पुरै फुटेको, आफ्नो पूरा ठेगाना खुलाउन नसक्ने अवस्थामा रहेकी ती महिलाको उद्धार भएको हो ।

आँखा पुरै फुटेको, हात र खुट्टा आगोले जलेको अवस्थामा रहेकी ती महिला सडक पेटीमा कष्टकर जीवनयापन बिताइरहेको बारे स्थानीयले आश्रमलाई खबर गरे पछि उद्धार गरिएको मानव सेवा आश्रम गोरखा प्रमुख मुना लामाले जानकारी दिनुभयो । उद्धार गरिएकी चौधरीलाई गोरखा नगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सबाट चितवन पठाइएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button