तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश 

काठमाडौँ । सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ ।

अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज दरपिठको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो ।

आदेशमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकालका विषय

मा संविधान र कानुनले गरेको व्यवस्थाको व्याख्या हुनुपर्ने भएकाले निवेदन दर्ता गर्नू भनिएको छ ।

महोत्तरी भंगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले वैशाख ३० गते निर्वाचन गर्दा पाँच वर्षे कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button