तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी प्रति जनताको विश्वास, आशा र अपेक्षा बढ्दो छ : अध्यक्ष नेपाल

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीप्रति जनताको  विश्वास, आशा र अपेक्षा बढ्दै गएको बताउनु भएको छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिका–१ रुपन्देहीका अर्जुन कुर्मीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले मेचीदेखि महाकालीसम्म र हिमाल, पहाड र तराई सबैतिर विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा (एस) मा प्रवेश गर्ने लहर चलेको बताउनु भएको हो । नेकपा (एस) मा प्रवेश गर्नु भएका नेता कुर्मी तत्कालीन राजपा का नेता हुनुहुन्छ । 

साथै राष्ट्रिय राजनीतिमा पनि नेकपा (एस)को महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।  ‘यस पार्टीमा एमालेमा रहेका केन्द्रीय सदस्यहरु पार्टी परित्याग गरेर आएका छन् । कहिले हामी सुन्छौँ विभिन्न तहमा रहेका एमालेका नेता कार्यकर्ता र अन्य पार्टीका नेता कार्यकर्ताहरू एकीकृत समाजवादीमा समाहित भएका छन्,’  उहाँले भन्नुभयो । 

नेता नेपालले एमालेलाई एउटा गिरोहको संज्ञा दिँदै आफूहरूको राष्ट्रिय राजनीतिको अस्तित्वलाई बुझेर बेलाबेलामा घृणा पोख्ने गरेको टिप्पणी गर्नु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन तोड्न चाहेको पनि उहाँ बताउनुभयो । 

साथै एमसीसी प्रति जनतामा नकारात्मक धारणा रहेको र त्यसलाई ध्यानमा राखेर अगाडि बढ्नु पर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button