तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष राजदूत आचार्यद्वारा पद तथा गोपनीयताको शपथ 

काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिसमक्ष राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच राजदूत आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । 

शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button