‘महाअभियोग दलहरूसँग छलफल गरेर आएको हो’
विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग हठातमा नभई दलहरूसँग छलफल गरेर आएको बताउनुभएको छ ।
काँग्रेसकी नेतृ नोना कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उहाँले लामो समय न्यायपालिकालाई अन्योल राख्न नमिल्ने भएकाले प्रधानन्यायाधीश विरुद महाअभियोग दर्ता भएको बताउनुभयो ।

न्यायपालिकासँग जोडिएर आएका विवाद समाधान गर्न प्रधानन्यायाधीशले सम्बन्धित निकायसँग छलफल नगरेको उहाँको भनाई थियो ।
नेता कोइरालाले एमसिसीका विषयलाई संसद्मा लगेर छलफल गर्नुपर्ने बताउनुभयो । एमसिसिको विषयलाई गिजल्ने र अप्ठ्यारो पार्ने काम भइरहेकाले यस बारेमा जनतालाई प्रस्ट रूपले बुझाउनुपर्ने उहाँको भनाई छ ।
नोना कोइराला स्मृति प्रतिष्ठानका संरक्षक समेत रहनुभएका नेता कोइरालाले प्रतिष्ठानमा निमार्ण गरिएका केशव नोना कोइरालाको प्रतिमा समेत अनावरण गर्नुभयो । सो अवसरमा साहित्यकार दधिराज सुवेदीलाई प्रतिष्ठानले सम्मान गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्