तपाईँ सुन्दै हुनुहुन्छः

होलेरीमा च्याउ खेती तालिमको सुरुवात

रोल्पा । रुन्टीगढी गाउँपालिका कृषि शाखाको आयोजनामा रोल्पाको होलेरीमा दोस्रो चरणको च्याउ खेती तालिमको सुरुवात गरिएको छ ।

रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले तालीमको उद्घाटन गर्नुभयो । सामाजिक विकास संयोजक याम बहादुर दशौदी राना, कृषि अधिकृत कल्पना पोख्रेल, नाप्रस लक्ष्मी बुढा लगायत गाउँपालिकाका कृषकहरूको उपस्थिति रहेको थियो ।

तालिम ३ दिनसम्म सञ्चालन हुने बताइएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष एवं रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बुढाले तालिम बाट सिकेको सिपलाई व्यवहारमा लागु गरी आत्मनिर्भर बन्न मद्दत गर्ने र घरमा आयआर्जन हुन गई स्वरोजगार बन्नेमा आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button