सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीद्वारा पदबाट राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीले पदबाट राजीनामा दिनु भएको छ ।
नागरिकता र शैक्षिक प्रमाणपत्रमा रहेको जन्म मितिमा कैफियत (फरक) देखिएपछि धामीले पदबाट राजीनामा दिनु भएको बताइएको छ । आइतबार धामीको राजीनामा स्वीकृत भएको सभामुखको सचिवालयले जनाएको छ ।
धामीको शैक्षिक प्रमाणपत्रमा जन्म मिति २०१६/११/२९ गते रहेको छ भने नागरिकतामा २०३३ सालमा १८ बर्ष उमेर रहेको उल्लेख गरिएको छ । धामी २०७६ साल जेठमा प्रदेश सभामा नियुक्त हुनुभएको थियो।








प्रतिक्रिया राख्नुहोस्