तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । तनहुँ म्याग्दे गाउँपालिका–१ बरचौरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा जिल्लाको म्याग्दे–१ तल्लो गुणादी बस्ने ४०  वर्षीय मनोज खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत थर्पुबाट दमौली तर्फ आउँदै गरेको ग २ च ७४७४ नम्बरको बलेरो जिपले विपरीत दिशाबाट जाँदै गरेको ग ७ प ५८२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खनाल गम्भीर घाइते भएका थिए । 

घाइते खनालको उपचारको लागि जिल्ला अस्पताल दमौली ल्याएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button