सभामुख अग्निप्रसाद सापकोटाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ । आज दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बैठक बोलाइएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
बैठकमा संसद्को गतिरोध अन्त्य तथा एमसीसी सम्झौता लगायतका विषयमा छलफल हुने छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलमा बोलाइएको छ ।
यता आजका बोलाइएको प्रतिनिधि सभाको बैठक भने फागुन ४ गते बुधबारका लागि सारिएको छ।







प्रतिक्रिया राख्नुहोस्