तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशले स्थापना दिवस दाङमा गर्ने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकारको स्थापना दिवसका कार्यक्रमहरू दाङमा गर्ने भएको छ । 

प्रदेश राजधानीका सबै कार्य प्रदेशको मुकाम बुटवलबाट सञ्चालन भइरहेको भए पनि स्थापना दिवस भने यही फागुन ३ गते दाङको देउखुरीमा मनाउने तयारी गरिएको छ । 

प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले आइतबार  बुटवलमा पत्रकार सम्मेलन गरी स्थापना दिवसको अवसरमा आयोजित मूल समारोहको तयारी पूरा भएको जानकारी गराउनुभयो । मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै दिवस मनाउने तयारी गरिएको बताउनुभयो । 

प्रदेश स्थापना दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा सरकारका चार वर्षमा भएका प्रगति विवरण प्रस्तुत, प्रदेशको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पदक तथा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

मन्त्री शर्माले प्रदेश सभाले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिविधि दाङमा हुनु स्वभाविक भएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button