तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको परिचय झल्कने ७२ बढी फोटो प्रदर्शनी

सल्यान । राष्ट्रिय फोटो पत्रकार समूह, सल्यानले पहिलो पटक फोटो प्रदर्शनी गरेको छ । जिल्लाको ऐतिहासिक, धार्मिक, पर्यटकीय, संस्कृति झल्कने ७२ भन्दा बढी फोटो शनिबार खलङ्गामा प्रदर्शनी गरिएको छ ।

सल्यानका १० वटै पालिकाका भित्रका रहेका पर्यटन झल्कने विभिन्न तस्बिरहरू प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूह सल्यानका अध्यक्ष वामदेव केसीले बताउनुभयो । यस्ता तस्वीरलाई व्यावसायिक रुपमा बिक्री गर्न पहल गर्नुपर्ने बिचार उहाँको छ ।

प्रदर्शनीमा ५० वर्ष पहिले खिचिएका देखि हालसम्मका फोटो राखिएको उहाँको भनाई छ । विभिन्न १८ फोटो पत्रकारहरूले खिचेका फोटोलाई प्रदर्शनीमा राखिएको केसीले जानकारी दिनुभयो ।

सल्यानलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्य र ओझेलमा परेका धार्मिक, सांस्कृतिक पर्यटकीय सम्पदाको उजार र प्रचार प्रसार गर्न फोटो प्रदर्शनी गरिएको केसीको भनाइ छ ।

जिल्लाका पर्यटकीय स्थल, धार्मिक स्थल, जिल्लाको कला, संस्कृति, जीवनशैली देखि राजनीतिक विषयका फोटो प्रदर्शनमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button