२ सय १४ घरधुरीलाई जाडो तथा सरसफाइका सामाग्री वितरण
बारा । बाराको कोल्हवीमा अति विपन्न र आर्थिक अवस्था कमजोर भएका २ सय १४ घरधुरीलाई जाडो तथा सरसफाइका सामाग्री वितरण गरिएको छ ।
कोल्हबी नगरपालिकाको वडा न.४ मा जाडो याम र सरसफाइका सामाग्री वितरण गरिएको हो ।

गोर्खा वेल्फेयर ट्रस्ट नेपाल उत्थानशील खानेपानी सरसफाइ तथा बिपद तयारी कार्यक्रम पोखराको सहयोग तथा वडा न.४ को कार्यालय र सूर्योदय खानेपानी उपभोक्ता तथा सरसफाइ समिति कोल्हबीको समन्वयमा स्थलगत निरीक्षण गरी उक्त सामग्री वितरण गरिएको हो ।
राहत सामाग्रीमा डिटवल साबुन प्रति व्यक्ति ५ पिसका दरले १ हजार ७० पिस, सर्जिकल मास्क १ प्याकेटका दरले २ सय ४० प्याकेट, ब्लाङकेट ३ सय ४९ पिस र डसना ४ सय ९ वटा वितरण गरिएको छ ।

कार्यक्रममा कलैया नगर पालिकाको नगर प्रमुख भरत बहादुर भण्डारी, वडा नं.४ का वडाध्यक्ष भेष बहादुर ढकाल, गोर्खा वेल्फेयर ट्रस्ट नेपालका प्रितम थापा, विद्यालय व्यवस्थापन सपहिका अध्यक्ष तपेश्वर राय थारु लगायतको उपस्थिति रहेका थियो ।








प्रतिक्रिया राख्नुहोस्