बाँकेमा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु
नेपालगञ्ज । बाँकेका कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का ८४ वर्षीय पुरुषको गए राती साढे १० बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
माघ १८ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएका उनी १९ गते कोभिड वार्डमा भर्ना भएका थिए ।
अहिलेसम्म बाँकेका ३५० जनाको कोभिडबाट मृत्यु भएको छ भने बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्