झापाको मगमग चाउचाउ उद्योगमा आगलागी

झापा । एक अर्बभन्दा बढी लगानी रहेको झापाको मेचीनगर १४ दुहागढीस्थित मनषा थाई फुड्स उद्योगमा भीषण आगलागी भएको छ । बिहान ५ बजेदेखि लागेको आगो तीन घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
आगो निभाउन झापाका ५ वटा दमकल प्रयोग भइरहेका छन् तर तत्कालै आगो नियन्त्रणमा आउने सम्भावना नदेखिएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि मोरङ, सुनसरी र इलामका दमकल आउँदै गरेको जनाइएको छ । मगमग नामको चाउचाउ उत्पादन गर्ने यो झापाको एक मात्र चाउचाउ उद्योग हो ।
आगो कसरी लाग्यो ? र के कति क्षति भयो ? भन्ने विवरण आउन बाँकी छ । केही दिनअघि मेचीनगरकै काँकडभिट्टाको एसएस फुटवेयरमा भएको आगलागीमा साढे आठ करोड बढीको क्षति भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्