सहिद स्मारक ‘ए’ डिभिजन लिग: फ्रेन्ड्स क्लबको पहिलो जित
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ ।
शुक्रवार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।
फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई–दुई गोल गरे । श्याम बाबु केप्छ्याकीले एक गोल थपे । ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए ।
यस जितसँगै फ्रेन्ड्सले १० खेलमा ६ अङ्क जोडेको छ । फ्रेन्ड्स १२ औँ स्थानमा उक्लिएको छ । ब्रिगेड १० खेलमा ६ अङ्क जोडेर १३ औँ स्थानमा झरेको छ ।








प्रतिक्रिया राख्नुहोस्