तपाईँ सुन्दै हुनुहुन्छः

ओमनले नेपाललाई जितको लागि १३६ रनको लक्ष्य दियो

File Photo

काठमाडौँ । चार देशीय टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितको लागि १३६ रनको विजयी लक्ष्य दिएको छ । 

ओमनको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो । 

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । 

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक÷एक विकेट हात पारे । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देश सम्मिलित टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपाल अहिले जवाफी ब्याटिङमा छ ।

नेपालले पाँच ओभरको खेल सकिँदा दुई विकेट गुमार ३० रन बनाएको छ ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button