तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको गड्डाचौकी सीमा नाका चार दिन बन्द हुने

कञ्चनपुर । भारतसँग जोडिएको कञ्चनपुरको गड्डाचौकी सीमा नाका चार दिनका लागि बन्द हुने भएको छ । 

भारतको उत्तराखण्डमा हुने विधान सभा निर्वाचनका लागि नेपालसँग जोडिएका सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । 

उत्तराखण्डमा हुने विधान सभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साँझ ६ बजेदेखि बन्द हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बताउनुभयो ।

उहाँका अनुसार माघ २८ गते साँझ ६ बजेदेखि फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछ ।

त्यसैगरी, बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा लगायतका भारतसँग जोडिएका नाका बन्द हुनेछन् । निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button