तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री खाँणसँग जनमत पार्टीका नेताहरूको भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटघाट गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्ण रूपमा गरेको आन्दोलनमा गिरफ्तार भएका पार्टीका नेता/कार्यकर्ताको रिहा गर्न उहाँहरूले माग गर्नुभयो ।

गिरफ्तार भएकाहरूमाथि लगाइएको मुद्दा फिर्ता गरी नेता/कार्यकर्ताको रिहाइ गरिनुपर्ने उहाँहरूको माग थियो ।

त्यस अवसरमा गृहमन्त्री खाँणले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button