तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४ सय ४१

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २७ हजार ४ सय ४१ पुगेको छ ।

गत शुक्रवार माघ २१ गते ५६ हजार ४ सय ५७ सक्रिय संक्रमित भएकोमा एक हप्तापछि आज सङ्क्रमितको सङ्ख्या घटेर २७ हजार ४ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत माघ १४ गते कोरोना सङ्क्रमणको वृद्धिदर ३३ दशमलव २ प्रतिशत रहेकोमा क्रमशः घट्दै आज सङ्क्रमणको वृद्धिदर ३ दशमलव ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

यो तथ्याङ्कसँगै कोरोना भाइरसबाट संक्रमित हुने दर दैनिक घट्दो क्रममा रहेको छ । आज १ हजार १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

२० हजार ९ सय ८९ नमुनाको परिक्षण गर्दा १ हजार १ सय २८ मा संक्रमण पुष्टि भएको हो ।

गएको २४ घण्टामा २ हजार २ सय १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै अहिलेसम्म कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ९ लाख ३२ हजार ८ सय २२ पुगेको छ ।

आज कोरोनाबाट संक्रमित बनेका १४ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button