तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका सेवा निवृत्त कर्मचारीहरूको बिदाइ

काठमाडौँ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) ले सेवा निवृत्त कर्मचारीहरूको बिदाइ गरेको छ । 

रेडियो नेपालको केन्द्रीय प्रसारण कार्यालय सिंहदरबारमा आज एक कार्यक्रम गरी ५८ वर्षे उमेर हदका कारण समितिको सेवाबाट अवकाश प्राप्त कर्मचारीहरू प्रदीप कुमार खनाल र मोहन कुमार आङ्बोको बिदाइ गरेको हो । 

बिदाइ कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारण सुधारका लागि सेवा निवृत्त कर्मचारीहरूबाट समितिको सेवामा रहँदा हासिल गरेका ज्ञान, सीप र अनुभवका आधारमा निरन्तर सुझाव र सल्लाह प्राप्त भइरहने विश्वास व्यक्त गर्नुभयो । 

रेडियो नेपालका निर्देशक कृष्णचन्द्र पौडेलले समितिको सेवाबाट निवृत्त भएपछि सामाजिक जीवनका लागि प्राप्त हुने उल्लेख गर्नुहुँदै त्यसलाई अवसरको रुपमा लिनुपर्ने बताउनुभयो । 

समितिको सेवाबाट निवृत्त हुनुभएका प्रदीपकुमार खनालले सेवा अवधिमा सिकेका सिप र अनुभव प्रयोग गरी सेवा निवृत्त जीवन समेत सक्रिय रुपमा बिताउने योजना रहेको बताउनुभयो । 

रेडियो नेपालले सेवा निवृत्त कर्मचारीहरूलाई खादा, प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी बिदाइ गरेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button