तपाईँ सुन्दै हुनुहुन्छः

वडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको पिपरा गाउँपालिका–५ का वडाध्यक्ष शम्भुप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोप–पत्र दायर गरेको छ । 

जिल्लाको तत्कालीन सहोडवा गाविस–१ हाल पिपरा गाउँपालिका–५ का वडाध्यक्ष यादवले स्थानीय सुब्बा पोखरी हकभोग गरेबापत गाविस कार्यालयलाई ठेक्काबापतको बुझाउनुपर्ने रकम नबुझाई आफूलाई गैर कानुनी लाभ पुर्‍याई बदनियतपूर्वक सार्वजनिक सम्पत्ति नोक्सानी गरेकाले उनी विरुद्ध ३५ लाख २१ हजार २०४ माग दाबीसहित विशेष अदालतमा आज आरोप–पत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button