तपाईँ सुन्दै हुनुहुन्छः

जनताले प्रतिफल पाउने गरी काम गर्न मातहतका निकायलाई मन्त्री कार्कीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनताले प्रतिफल पाउने गरी काम गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित मन्त्रालयको अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले विगतमा जस्तो असारमा बजेट सक्ने प्रवृत्तिको अन्त्य गर्दै  तथ्याङ्कमा मात्र नभई व्यवहारिक रुपमा जनताले सेवाको अनुभुत गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री कार्कीले दूरसञ्चार सेवाको विकास, विस्तार र गुणस्तरीयता बढ्न नसकेको भन्दै  समस्याको पहिचान गरी  निदानको उपाय खोज्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा योजना आयोगका सदस्य सलोनीप्रधान सिंहले मन्त्रालयले गरेका कामहरूको जानकारी सबै वर्ग र समुदायले पाउनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले अन्तर निकाय समन्वय र बेरुजु फछर्योटको काममा तदारुकताका साथ लाग्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button