तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस चौतारी डडेलधुराको अध्यक्षमा ओझा 

डडेलधुरा । प्रेस चौतारी नेपाल डडेलधुराको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा लोकेन्द्र ओझा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  

 त्यसैगरी,  उपाध्यक्षमा बहादुर सिंह साउद, महिला उपाध्यक्षमा लक्ष्मी ऐर, सचिव मदनराज भट्ट, सहसचिव धनी कोली, सहसचिव समावेशीमा भावना पौडेल र कोषाध्यक्ष ममता भट्ट चयन हुनुभएको छ । भने सदस्यहरूमा विवेक जैरु, अर्जुन चटौत, किरन जैरु, सृजना ऐडी, गौमति बोहरा, सुरेन्द्र धामी, हरेन्द्र साउँद, अर्जुन धामी चयन हुनुभएको छ  । 

यसैगरी, अधिवेशनबाट  प्रदेश प्रतिनिधिमा पदम बोहरा, गणेश रोक्का, मनोज चौधरी, रमेश धामी, शकुन्तला साउद, राधा फुलारा, पार्वती धामी, सिर्जना अवस्थी चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा राजेन्द्र ठगुन्ना, लक्ष्मी ऐर, गणेश ऐर, राकेश दयाल र इन्दिरा ताम्राकार चयन हुनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button