तपाईँ सुन्दै हुनुहुन्छः

गड्डाचौकी भन्सारले छ महिनामा लक्ष्य भन्दा ५ करोड बढी राजश्व सङ्कलन

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी भन्सारले चाल आर्थिक वर्ष २०७८।०७९ को छ महिनामा लक्ष्य भन्दा ५ करोड ७ लाख ५ सय १७ रुपैयाँ बढी राजस्व उठाएको छ । 

गड्डाचौकी भन्सार कार्यालयले चालु आ.व को साउन देखि पुस मसान्त सम्म लक्ष्य २६ करोड ४ लाख ६ सय लिएकोमा ३२ करोड २ लाख १ सय १७ रुपैयाँ राजश्व उठाएको र जुन लक्ष्य भन्दा १२१ प्रतिशत बढी रहेको भन्सार अधिकृत प्रभानन्द जोशीले बताउनु भएको छ । 

उहाँले पुस महिना देखि साइकलमा समान बोक्नेहरूका कारण राजश्वमा केही कमी आउन थालेको बताउँदै उनीहरूलाई पनि भन्सारको दायरामा ल्याउन आवश्यक प्रयास भइरहेको बताउनु भयो । 

गड्डाचौकी भएर दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, इलेक्ट्रोनिक समानहरू बढी आयात हुने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button