तपाईँ सुन्दै हुनुहुन्छः

तानसेन रिडी सडक खण्ड १५ दिन रातीको समयमा बन्द हुने

पाल्पा । तानसेन–रिडी सडक खण्ड मर्मतका लागि १५ दिन रातीको समयमा बन्द हुने भएको छ । 

सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भोलिदेखि फागुन १३ गतेसम्म दैनिक साढे ६ घण्टा सडक बन्द हुन लागेको हो ।

रिब्दीकोट गाउँपालिका २ जोर्ते भीर क्षेत्रको कडा चट्टान काट्नका लागि हरेक दिन बेलुका ९ः०० बजेदेखि बिहान ३ः३० बजेसम्म सम्पूर्ण सवारी आवागमनमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिनुभयो ।

सो क्षेत्रमा यसअघि पनि दुई पटक सवारी रोकेर चट्टान काट्ने काम भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button