तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा थपिए ६७ हजारभन्दा बढी कोरोना सङ्क्रमित

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ६७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार गत २४ घण्टामा ६७ हजार ८४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यसैसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड २४ लाख ७८ हजार ६० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले  जनाएको छ । सोही अवधिमा अरू एक हजार २४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख ६ हजार ५२० पुगेको छ ।
 नयाँ सङ्क्रमितहरूको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या  सात लाख ९० हजार ७८९ पुगेको छ । 

सोही अवधिमा एक लाख ६७ हजार ८८२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या चार करोड ११ लाख ८९ हजार ७५१ पुगेको छ ।  रासस/सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button