तपाईँ सुन्दै हुनुहुन्छः

४३ समूहका विभिन्न वस्तुको आयातमा थप कडाइ

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ४३ समूहका विभिन्न विदेशी वस्तुको आयातमा थप कडाइ गरेको छ ।

केन्द्रिय बैङ्कले बुधवार एक परिपत्र जारी गर्दै ४३ समूहका विभिन्न बस्तुको आयातमा शतप्रतिशतमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

file photo

टेक्सटाइलसँग सम्बन्धित ४ वस्तु समूहको आयातमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था बैङ्कले गरेको छ ।

यसअघि केन्द्रिय बैङ्कले २० वटा समूहको ३ सयभन्दा बढी समूहको बस्तुको आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

पछिल्लो समय आयात बढेपछि विदेशी विनिमय सञ्चिति निरन्तर घट्दै गएकोले केन्द्रिय बैङ्कले पछिल्लो समय आयातमा कडाइ गर्ने नीति लिएको छ ।

राष्ट्र बैङ्कले बैङ्कहरूले आयात गर्ने सुन, उद्योगीले आफ्नै प्रयोजनको लागि आयात गर्ने कच्चा पदार्थ, औषधिजन्य बस्तु लगायतमा भने यो व्यवस्था लागु हुने छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button