हेटौँडा उपमहानगरपालिकामा चालु आवमा ७ सय ३२ वटा नयाँ व्यवसाय दर्ता
मकवानपुर । चालु आर्थिक वर्ष २०७८/०७९ मा हेटौँडा उपमहानगरपालिकामा ७ सय ३२ वटा नयाँ उद्योग दर्ता भएको छ ।
उपमहानगरपालिकाले करको दायरामा ल्याउने र राजस्व वृद्धि गर्ने उद्देश्यका साथ व्यवसाय दर्ता सङ्कलन टोली परिचालन गरेकाले व्यवसाय दर्ता गराउनेको सङ्ख्या वृद्धि भएको जनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईका अनुसार सरकारका विभिन्न अनुदानलगायत बैङ्किङ प्रक्रियाका लागि समेत व्यवसाय दर्ता अनिवार्य रहेकाले पनि दर्ता गर्नेको सङ्ख्या वृद्धि भएको हो ।
यस्तै चालु आर्थिक वर्षमा व्यवसाय कर वृद्धि नगरी करको दायरा मात्र बढाइएकाले पनि व्यवसायीहरू उत्साहित भई व्यवसाय दर्ता गराएको उहाँले बताउनुभयो ।
विगत लामो समय देखि विभिन्न निकायमा दर्ता गरी सञ्चालनमा रहेको तर उपमहानगरपालिकामा दर्ता नभएकाहरूलाई उपमहानगरपालिकाले बक्यौता कर छुट दिएपछि थप उत्साह बढेको पाइएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्