तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन २०७९ असोजमा गर्न लोसपाको माग 

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन २०७९ असोज  गर्न माग गर्नुभएको छ ।

सोनलले आज एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै २०७४ असोज २ गते मधेस प्रदेशका ८ जिल्लामा स्थानीय तहको निर्वाचन भएको हुँदा यस प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित नगर्न माग गरिएको छ । 

अध्यक्ष सोनलले संविधानले स्थानीय जनप्रतिनिधिको पदावधि ५ वर्ष हुन्छ भनेको छ । 

मधेस प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई पनि नभएको र निर्वाचन आयोगलाई पनि यो अधिकार नरहेको दाबी गर्नुभयो । 

उहाँले स्थानीय निर्वाचन घोषणाको स्वागत समेत गर्नुभएको छ । सरकारले सोमबार मात्र स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।

अघिल्लो पटक तीन चरणमा चुनाव भएको भए पनि स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार सबै जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने निर्वाचन आयोगले बताएको छ । 

२०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तत्कालीन प्रदेश २ का ८ जिल्लामा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button