अछाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

अछाम । जिल्ला कारागार अछाममा क्षमता भन्दा बढी कैदी बन्दी रहेको पाइएको छ ।
कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या देखा परेको जिल्ला कारागार अछामका निमित्त प्रमुख धन बहादुर शाही जानकारी दिनु भएको छ ।
निमित्त प्रमुख जेलर शाहीले कारागारमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको बताउनु भएको हो ।
कारागारमा अहिले ८१ जना कैदी बन्दी रहेको बताउँदै उहाँले महिला कैदी बन्दीहरूलाई व्यवस्थापन गर्न सहज भए पनि पुरुषको हकमा भने क्षमता भन्दा बढी राख्नु पर्ने बाध्य रहेको बताउनु भएको छ ।
उहाँका अनुसार कारागारमा अहिले सम्म ७४ पुरुष ६ जना महिला र १ जना आश्रित बालबालिका गरी जम्मा ८१ जना कैदी बन्दी रहेका छन् ।
कैदीबन्दीहरुलाई बसोबास गर्न खाली कोठा नहुँदा भवनको ग्यालरीमा राखेर व्यवस्थापन गरिएको निमित्त जेलर शाही जानकारी दिनु भएको हो ।
बि.सं. २०५८ साल फागुन ४ गते राति तत्कालीन विद्रोही माओवादीले अछाम आक्रमण गरी कारागारमा समेत क्षति पुर्याएपछि नयाँ कारागार भवन निर्माण गरिएको थियो । कैदीबन्दी थपिँदै जाँदा क्षमता कम हुँदै गएको कार्यालयले जनाएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्