तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा विद्युत् महसुलको अनलाइन भुक्तानी शुरु

जुम्ला । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाले विद्युत् महसुलको अनलाइन भुक्तानी सुरु गरेको छ । 

माघ २४ गते सूचना जारी गर्दै प्राधिकरणले जुम्लामा औपचारिक रुपमा विद्युतको महसुल अनलाइनबाटै भुक्तानी सेवा सुरु गरेको हो । 

बढ्दो प्रविधिको उच्चतम प्रयोग गर्दै विल तिर्न कार्यालयमै पुग्नु पर्ने बाध्यताबाट छुटकारा दिलाउन विद्युत् महसुलको अनलाइन भुक्तानी सेवा सुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले बताउनुभयो । 

ई सेवा एप, एनआइबिएल, हिमालय बैङ्क, प्रभु बैङ्क र महालक्ष्मी विकास बैङ्कको मोबाइल बैंकिङ्ग एप मार्फत विद्युत् महसुलको अनलाइन भुक्तानी गर्न सकिने प्रमुख रावलले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो सेवाग्राहीका रुपमा केवल प्रसाद आचार्यले विद्युत् महसुलको अनलाइन भुक्तानी गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button