तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा दूधको विक्री मूल्य बढाउने किसानहरूको घोषणा 

कास्की । कास्की जिल्लाभित्र दूध तथा दुग्ध जन्य पदार्थको मूल्य वृद्धि गर्ने राष्ट्रिय व्यवसायीक पशुपालन तथा दुग्ध उत्पादन कृषक समाज नेपाल कास्कीले घोषणा गरेको छ । 

किसानहरूको व्यवसायीक उत्पादनमा पर्न गएको लागत मूल्यमा भएको वृद्धिले गर्दा दुग्धजन्य पदार्थको मूल्य वृद्धि गरिएको कृषक समाज नेपाल कास्कीका अध्यक्ष दिपक तिमिल्सीनाले बताउनुभयो । किसानहरूलाई व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको भन्दै मूल्य बढाएको बताउनुभयो । 

उहाँका अनुसार नयाँ मूल्य अनुसार भैसिको दूध प्रति लिटर १ सय ३० गाइको १ सय दही प्रति लिटर १ सय ४०, पनिर ८ सय घ्यु लिटरको १२ सय र नौनी १ हजार आगामी फागुन १ गते देखि लागु हुने गरी निर्णय गरिएको बताउनुभयो । 

पोखराको बजारमा दैनिक ४९ हजार लिटर दूधको माग हुने गरेको छ । तर, पोखरा आसपासमा भने २३ हजार लिटर दूध उत्पादन हुने गरेकोमा १३ हजार लिटर दूध सहकारीहरूले उत्पादन गर्दै आएका छन् । पोखरामा कपिलवस्तु लगायत अन्य जिल्लाहरूबाट दैनिक १० हजार लिटर दूध आयात हुँदै आएको छ ।  

समाजले नेपाल सरकारलाई बारम्बार मूल्य वृद्धि गर्न माग राख्दै आएको समाजले सरकारले निमार्ण गरेको कार्यदले सिफारिस गरेको भन्दा कम मूल्यमा विक्री गर्नु घोषणा सरकारले गरेकाले आफूहरू आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न बाध्य भएको तिमिल्सीनाले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button