भेरी अस्पतालमा कैलालीकी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत कैलालीकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
टिकापुर नगरपालिका वडा नम्बर ८ की ६८ बर्षीया महिलाको आज दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
माघ २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट आएकी उनी २४ गते नै कोभिड वार्डमा भर्ना भएकी थिइन् ।
अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने बाँकेका ३४९ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्