तपाईँ सुन्दै हुनुहुन्छः

बँदेलको आक्रमणबाट मृत्यु

बूढीनन्दा नगरपालिकामा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीनन्दा–३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट रहेका छन् । सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो ।  

घाइते विष्टको प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button