तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय रेडक्रसका महासचिव श्रीलङ्का प्रस्थान

काठमाडौँ । रेडक्रस तथा सेन्टिग्रेड सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँ नेपाल भ्रमण पूरा गरी आज श्रीलङ्कातर्फ प्रस्थान गर्नुभयो ।  

उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि उहाँ पहिलो नेपाल भ्रमणमा आउनुभएको  हो ।  यही माघ १८ गते नेपाल आउनुभएका उहाँले भ्रमणका क्रममा यहाँस्थित नेपाल रेडक्रस र आइएफआरसीका गतिविधिका बारेमा जानकारी लिनुभएको थियो ।  

प्रधानमन्त्री शेरबहादुर देउवासँग महासचिव चापागाईँले भ्रमणका क्रममा भेटवार्ता थियो । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईँले अलग–अलग भेटवार्ता गर्नुभएको थियो । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानून बनाउन आग्रह गरेको महासचिव चापागाईँले जानकारी दिनुभयो । 

भेटमा उहाँहरूबीच कोभिड–१९ विरुद्धको खोप, मानवीय सेवाका सहयोग र रेडक्रस कानुनका विषयमा कुराकानी भएको थियो  । यसैगरी सभामुख अग्निप्रसाद सापकोटा, परराष्ट्रमन्त्री डा नारायण खड्का र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईँले अलग–अलग भेटवार्ता गर्नुभएको थियो । ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महासचिव चापागाईँले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “मैले नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्न सबै पक्षसँग आग्रह गरेको छु ।  छिट्टै समाधान निस्कनेमा म आशावादी छु । अगामी दिनमा रेडक्रसलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ । यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पुर्‍याउँछ ।” विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको  गभर्निङ बोर्ड बैठकले एसियाबाटै पहिलो पटक उहाँलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् । 

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र सेन्टिग्रेड सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button